काठमाडौं। अमेरिका र नेपाल वीचको अमेरिकन मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अन्तर्गतको अनुदान सम्झौताबारे नेपालमा अझै निणर्य हुन सकेको छैन्। सत्तारुढ पाटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै यो एमसीसीको विषयमा अन्यौलता तथा विवाद रहेको छ।

एमसीसी नेपालले स्वीकार गर्छ या अस्वीकार गर्छ भन्ने विषय नै चोटिलो भैरहेको वर्तमान अवस्थामा यस संवन्धमा नै अमेरिकामा रहेका नेपालीहरुले व्यंग्यात्मक भिडियो नै तयार पारेका छन्।

एमसीसी वारेमा विभिन्न तर्क–वितर्क सहित चोटिलो व्यंग्य मिसिएको एमसीसी भिडियोको कथा हाल अमेरिकाको अस्टिन टेक्सासनमा रहेका नेपालका अग्रज कार्टुनिष्ट तथा व्यंग्य कलाकार रविन पियाले तयार पारेर डि एण्ड डि मुभीको प्रस्तुतिमा निर्माण गरेका छन्।

कलाकार पियाकै छायाँकन रहेको भिडियोमा रबिन पिया, सुबाष थापा, अक्की शर्मा, बीबी फुँयाल, सकुल कोईराला र दिनेश घिमिरेको अभिनय रहेको छ। अक्की शर्माको सम्पादन, बीबी फुयाँलको एसोसियट निर्देशन तथा सुबाष थापाको निर्देशन रहेको छ।

प्रकाशन मिति–२०७७ साल असार २० गते शनिवार ।