काठमाडौं। नेपाली चलचित्र उद्योगमा नायक अमृत लामालाई नेपाली ज्याँकी च्याङ पनि भन्ने गरिएको छ। चाइनिज फिल्मका महानायक ज्याँकी च्याङको स्टाइल नायक लामामा देखिएको कारण उनलाई त्यसो भनिएको हो।

त्यसको मतलव ज्याँकी च्याङवाट नायक लामा प्रभावित बनेको नभइकन, उनको हाउभाउ तथा स्टाइलले ज्याँकी च्याङ जस्तो देखिएको हो। त्यसमाथि, नायक लामा अभिनित पहिलो चलचित्र पापीमा उनले देखाएको एक्सनले चाइनिज फिल्मका महानायक ज्याँकी च्याङलाई धेरै संझाउने गरेको पाइएको छ। यसले गर्दा पनि ज्याँकी च्याङ भनेर नायक लामालाई पुष्टि भएको छ।

यिनै नेपाली ज्याँकी च्याङ धेरै बर्ष जर्मन बसे। त्यसपछि,यतिखेर अमेरिकामा बसोबास गर्दैआएका छन्। बर्षमा एकपल्ट भएपनि नेपाल फर्केर नेपाली कला र कलाकारितामा विशेष योगदान दिने कार्य नायक लामावाट हुंदैआएको छ।

अमेरिकाको न्यूयोर्कमा नायिका पत्नी संझना खड्का र एक छोरा र एक छोरीका साथमा सुखी–खुशी जीवन विताइरहेका नायक लामाले त्यहाँवाट सारा विश्वमा छरिएर रहेका नेपालीहरुलाई समेट्न हामी नेपाली इन्क नामक अभियान संचालन गरिरहेका छन्।

विश्वका जुनसुकै कुनामा बसेतापनि हामी नेपाली भन्ने अवधारणाले नै हामी नेपाली इन्क अभियानको शुरुवात गरेको बताउने नायक लामा यो अभियान विश्वभरका नेपालीलाई एकजुट बनाउने प्रयास हो भन्छन्।

यो प्रयास सफल भएपछि विश्वका सवै नेपाली एकजुट बनेर नेपाल र नेपालीको विकासमा टेवा दिने निश्चित हुन्छ। यही सोच र अभियानमा आफूहरु कटिबद्ध रहेको यसको अभियन्ता समेत रहेका नायक लामाले नामी साप्ताहिकलाई भनेका छन्।

नायक लामाले चलचित्र पापी पछि ताल, झाँक्री, रणसंग्राम, पाइला, पल्टन र जीवनसाथी गरेर सात चलचित्रमा अभिनय गरेका छन्। सवै चलचित्रमा फरक शैलीमा फरक अभिनय गरेर सवैको वाहवाही पाएका नायक लामा बाँचुञ्जेल कलाकारिता गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्छन्।

नायक लामाकी जीवन संगीनी नायिका संझना खड्का पनि नेपाली चलचित्र र मोडलिङ क्षेत्रकी चर्चित नायिका तथा मोडल हुन्। नायिका खड्काको फस्ट फिल्म ताल हो। त्यसपछि झाँक्री र रणसंग्राममा अभिनय गरेकी छन्।

चलचित्रमा नायिका हुनुअघि विभिन्न फेसन–शो तथा मोडलिङहरुमा व्यस्त नायिका खड्काको हिट म्युजिक भिडियो परीकी रानी हो। चर्चित पप गायक संजीप प्रधानको गायन रहेको गीत परीकी रानीमा परीकी रानी बनेर अभिनय गरेपछि त्यो गीतको भिडियो अत्यन्त चर्चित बन्यो।

जसले गर्दा नायिका खड्र्कालाई परीकी रानी भनेर चिनायो। चलचित्र तालमा नायक अमृत लामाको नायिका बनेर अभिनय गरेपछि उनी तालकी रानी भनेर पनि चिनिन थाल्यो। यही चलचित्र तालको अभिनयको क्रममा नायक लामासंग माया बसेपछि दुवैवीच विवाह भएको हो। दुवै सुखी तथा खु्शी छन्।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल भदौ २९ गते शुक्रबार ।