काठमाडौं। रेडियो सञ्चारकर्मी समेत रहेका गायक अभिराज ओली एम्सेन्जको गायनमा अमेरिकावाट विलकुलै नयाँ स्वादको म्युजिक भिडियो सार्वजनिक भएको छ। जिन्दगानी लाइफलाइन वोलको र्याप शैलीको गीतको भिडियो सार्वजनिक भएको हो ।

पाँच बर्षअघि, नेपालमा रुकुमको उत्तरगंगा एफएम, काठमाडौंको रेडियो थाहा सञ्चार, नेपालगञ्जको हिमाल एफएममा रेडियोकर्मी भएर कार्य गरेका गायक ओली त्यसपछि अमेरिका लागेका थिए । अमेरिकाको टेक्सास राज्यको अस्टिनमा कार्यरत रहेका गायक ओलीले अमेरिकाकै पृष्ठभूमिमा त्यही रहेका नेपाली तथा विदेशी कलाकारहरुका साथमा लाइफलाइन वोलको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक गरेका हुन ।

यसअघि, अमेरिकामा नै बसेर नाचन कान्छी बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका गायक ओलीको लाइफलाइन अर्थात जिन्दगानी बोलको यो दोश्रो गीत हो । फरक शैलीमा फरक ढंगवाट विश्वमाझ नेपाली कलाकारले पनि गजबको प्रस्तुति दिन सकिन्छ भन्ने प्रमाण पनि गायक ओलीले दिएका छन्।

प्रकाशन मिति–२०७८ साल माघ २० गते विहीवार ।