काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको हामी नेपाली ग्लोबलले विश्वभर रहेका नेपालीहरुलाई बडा दशैंको शुभकामना दिएको छ। अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको हामी नेपाली ग्लोबलले जारी गरेको शुभकामना विज्ञप्तिमा सवै नेपालीहरुलाई सदभाव तथा एकताको लागि बडा दशैंको शुभकामना व्यक्त गरेको छ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले नेपालीहरु जहाँ–जता रहेतापनि महान पर्व दशैं आएपछि सवैलाई एक बन्न मजबुत बनाउने गरेको कुरा उल्लेख गर्दै बडा दशैं हामी नेपालीहरुको एकता तथा सदभावको प्रतिक हो भनेर भनेका छन्।

४० वटा राष्ट्रहरुमा फैलिसकेको हामी नेपाली ग्लोबलका सवै सदस्यहरु तथा विश्वभर रहेका सवै नेपालीहरुलाई बडा दशैंको शुभकामना व्यक्त गर्दै हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले नेपाल र नेपालीको हक, हितको लागि सदा कटिबद्ध भएर लाग्न अनुरोध गरेका छन्।

मातृभूमि नेपाललाई जहाँ बसेपनि जता वसेपनि विर्सन नहुने र विश्वका जुनसुकै कुनामा बसेतापनि त्यहाँ बसेका नेपालीहरुलाई कुनै आपत–विपत परेमा सहयोग गर्न नविर्सन पनि अध्यक्ष लामाले आग्रह तथा अनुरोध गरेका छन्।
प्रकाशन मिति–२०७६ साल असोज १२ गते आइतवार ।