dv-lotteryकाठमाडौ। अमेरिकाले डीभी कार्यक्रम बन्द गर्ने भन्ने अनेकन समाचार प्रकाशित भएतापनि सवैलाई चकित पार्दै यो बर्ष अमेरिकाले डीभी कार्यक्रमलाइ जारी राखेको छ।

अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा कार्यक्रमका लागि सोमबारदेखि आवेदन खुला गरेको छ। सोमबार राति ९ः४५ बजेवाट खुला भएको डीभी चिठ्ठा कार्यक्रम कात्तिक २१ गते राति १०ः४५ बजे बन्द हुने अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। ‘हामी डीभी आवेदकहरूलाई चाँडै आवेदन भर्न प्रोत्साहित गर्छौं’, विज्ञप्तिमा भनिएको छ।

डीभी चिठ्ठाका लागि कुनै शुल्क नलाग्ने तथा कन्सल्टेन्ट आवश्यक नपर्ने दूतावासले जनाएको छ । आवेदकले यसको वेबसाइटमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा EDV आवेदन फारम भर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशन मिति–२०७४ साल असोज १७ गते मंगलवार ।