काठमाडौ। नेपालमा आज असोज १८ गते तदानुसार ४ अक्टोबरवाट अमेरिकाले अमेरिका जाने डीभी चिट्ठा खुल्ला गरेको छ। नेपाल स्थित अमेरिकी दूतावासले नेपालको समयअनुसार राति ९ः४५ बजेवाट आवेदन खुल्ला गरिएको बताएको छ। आवेदन नोभेम्वर २०१६ अर्थात २०७३ साल कात्तिक २२ सम्म १०ः४५ बजे बन्द हुने भनेको छ।

flag-of-americaदूतावासले आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी दिएको छ। कुनै पनि कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ। ‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयं जिम्मेवार रहनुहुनेछ,’ अमेरिकी दूतावासले निवेदकहरुलाई सुझाएको छ।

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा डब्लूडब्लूडब्लू डीभी लोटरी डट स्टेट डट जीओभीमा गई डाइभर्सिटी भिसा ‘ ईडीभी’ मा पुगेर अनलाइन फाराममार्फत आवेदन फारम भर्नुपर्ने दूतावासको बताएको छ ।‘फाराम दर्ता गर्दा तपाईंले आफ्ना पति–पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिने दूताबासको भनाई छ।

यस्तै एकजनाका लागि एउटा मात्र आवेदन बुझाउनुपर्नेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने, प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेस गर्नुपर्ने र फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने व्यवस्था रहेको जानकारी पनि दूताबासले दिएको छ। दूतावासले आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्न पनि सुझाएको छ। आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ।

अनलाइन फारम कसरी भर्ने

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.govमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

दर्ता गर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

EDV-2017

तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन्। अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।

EDV-2017-1

र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन। डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो । डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मङ्गलबार, मे २, २०१७ (२०७४ वैशाख १९) वा त्यसपछिwww.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो, दूताबासले भनेको छ ।

प्रकाशन मिति–२०७३ साल असोज १८ गते मंगलवार ।