Shankar BC & Basanti Rai Video News 1

काठमाडौ। नेपाली म्युजिक भिडियोका डान्स किङ नै मानिएका डान्सर शंकर बिसी यतिखेर अमेरिकामा रहेका छन्। अमेरिका पुगेर पनि त्यहाँ एक गीतमा बेजोडले डान्स गरेका छन्। उनै शंकर बिसीको निर्देशनमा ड्रिम्स गेट नेपालका लागि नायक ईश्वर थापाले अमेरिकामा नै निर्माण गरेको म्युजिक भिडियो रिलिज भएको छ।

बुलांकीले गर्नु गर्यो बोलको गीतमा म्युजिक भिडियोका डान्स किङ शंकर बिसीले अमेरिकामा नै रहेकी बसन्ती राईसंग बेजोड अभिनय गरेका छन्। अमेरिकाको बैभवपूर्ण शहर न्यूयोर्कमा बैंशले उन्माद बसन्ती राईले बुलांकी लाएर गजबकै अभिनय गरेकी छन्। परम्परागत नेपाली पहिरन तथा अत्यन्त आधुनिक पहिरन दुवैमा न्यायपूर्वक अभिनय गरेर यस भिडियोमा दुवैले तहल्कामा मच्चाउने कार्य गरेका छन्।

Shankar BC & Basanti Rai Video News 2

कृष्ण प्रेम राधाको गायन तथा संगीत रहेको गीतको लेखन सन्तोष अग्रहरिको रहेको छ। अमेरिकामा नै रहेका प्रसिद्ध क्यामेरामेन शंभु मोक्तानको छायाँकन रहेको छ। सम्पादन भने, शंकर बिसी र ईश्वर थापाले गरेका छन्।

प्रस्तुत छ–शंकर बिसी र बसन्ती राई अभिनित तहल्कापूर्ण रोमान्टिक म्युजिक भिडियो


प्रकाशन मिति–२०७४ साल कात्तिक ११ गते शनिवार ।