Actress Nandita KC with Samjhana Upreti in Nepali Film American Babu Made in Nepal.

काठमाडौ। हाल अमेरिका प्रवासमा नै रहेकी चर्चित नायिका नन्दिता केसीको मितिनी दिदी पनि अमेरिकामा नै रहेको खुलासा भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेकी संझना उप्रेती नै नन्दिताको मितिनी दिदी भएको पुष्टि भएको छ। नाताले मितिनी दिदी तथा मितिनी बहिनी भएतापनि संझना र नन्दिताको भेटघाट भने अमेरिकामा नै भएको हो।

त्यो पनि ईश्वर थापा निर्मित तथा निर्देशित चलचित्र अमेरिकन बाबु मेड इन नेपालको सेटमा भएको हो। दुवैले चलचित्र अमेरिकन बाबु मेड इन नेपालको सेटमा दुःख–सुख अनि जिन्दगीका उकाली–ओरालीका कुराकानी गरेका छन्। अमेरिका आउनु दुवैको रहर होइन, बाँध्यता हो भनेर संवाद पनि बोलेका छन्।

Actor Prabesh Upreti Paul with Mrs Samjhana Upreti.

यथार्थमा नन्दिता र संझना चलचित्र अमेरिकन बाबु मेड इन नेपालको भूमिकामा मात्र मितिनी दिदी र मितिनी बहिनी हुन्। बास्तवमा आफूहरु मिल्ने साथी मात्र भएको जानकारी अमेरिकावाट संझना उप्रेतीले भिजन संसारसंगको कुराकानीमा भनेकी छन्। चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्माता तथा निर्देशक ईश्वर थापाले नायिका नन्दिता केसीको मितिनी दिदीको छोटो–मिठो रोल छ–खेलिदिनु पर्यो भनेको भरमा खेलेको जानकारी पनि संझनाले दिएकी छन्।

निर्देशक ईश्वर थापाले सिकाएबमोजिम अभिनय गर्दा स्वभाविक अभिनय आउंदा सवैले स्यावासी दिएको त्यो पल तथा क्षणलाई जिन्दगीकै अविस्मरणीय क्षण भएको पनि संझनाले सुनाएकी छन्। चलचित्र अमेरिकन बाबु मेड इन नेपालका नायक प्रवेश उप्रेती पाउलकी जीवन संगीनी समेत रहेकी संझनाले श्रीमानकै प्रेरणाले कलाकार बनेको खुलासा गरेकी छन्।

पश्चिम नेपालको थाकथलो पाल्पामा त्रिभुवन आदर्श कलेजमा अध्ययनरत रहंदा प्रवेशसंग प्रेम भएको र पछि विवाह वन्धनमा बाँधिएपछि अमेरिका आएको बताउने संझनाले आफूहरु सुखी अनि खुशी नै रहेको भनेकी छन्।

प्रकाशन मिति–२०७४ साल कात्तिक २८ गते मंगलवार ।