American Dollar

काठमाडौ। अमेरिकी डलरको मूल्य निरन्तर बढेर आक्रान्त पारिरहेको नेपालीहरुलाई मंगलवार केही राहत मिलेको छ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैया केही बलियो भएको छ।

अमेरिकी डलरको भाउ पछिल्लो साढें दुई महिनामा २ रुपैयाँ ५० पैसाले कमी आएसँगै नेपाली रुपैयाँ बलियो बनेको हो। नेपाल राष्ट्र बैंकले मंगलवारका लागि निर्धारण गरेका विदेशी विनिमयदर अनुसार एक एक डलरको भाउ १०७ रुपैयाँ ७९ पैसा तोकेको छ। गत कात्तिक २८ गते पनि एक डलरको भाउ १०७ रुपैयाँ ७९ पैसा नै थियो।

American Dollar

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै डलरको भाउ बढ्दा मंसिर १० गते १ सय १० रुपैयाँ २८ पैसासम्म डलरको भाउ पुगेको थियो । अव भने निरन्तर अमेरिकी डलरको भाउ घट्ने अपेक्षा नेपालीहरुले गरेका छन्। डलरसंग नेपाली रुपैया कमजोर बन्दा नेपालमा धेरै मूल्यबृद्धि हुने गरेको छ।
प्रकाशन मिति–२०७३ साल माघ २६ गते मंगलवार ।