us-attacked-to-afganistanकाठमाडौ। अमेरिकी ड्रोन आक्रमणमा अफगानिस्तानमा एक जना अल कायदाका नेता मारिएका छन्। अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको कुनार प्रान्तमा गरिएको हमलामा फारुक अल कोहतनी मारिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्।

युरोप र अमेरिकाका विभिन्न आक्रमणको योजना बनाउँदै आएका फारुक अल कायदाका मुख्य कमाण्डर मानिन्छन्। फारुकले अफगानिस्तानमै बसेर अमेरिका र युरोपका लागि उनकै कमाण्डमा आतंकवादी हमला हुने गरेको बताइएको छ।

फारुकको मृत्युबारे अलकायदाले कुनै प्रतिक्रिया दिएको छैन।अमेरिकाले भने आफूहरुको ठूलो उपलब्धि भएको जनाएको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक ११ गते विहीवार ।