काठमाडौ। अमेरिकी पपस्टार ब्रिटनी स्पेयर्सले गायन करियरबाट ‘अनिश्चितकालिन’ विश्राम लिने भएकी छन्। स्पेयर्सले आफ्ना पिता जेमीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले पिताको स्वास्थ्यमा ध्यान दिन गायन करियरबाट विश्राम लिने निर्णय लिएको जनाएकी हुन्।

ब्रिट्नी आगामी फेब्रुअरीमा पार्क थिएटर लसभेगासमा नयाँ शो ‘डोमिनेसन’को तयारीमा थिइन्। उनले यो कामलाई पनि हालका लागि स्थगित गरेकी छन्। ३७ वर्षीया गायिका ब्रिटनीका पिता दुई महिनादेखि एउटा गम्भीर रोगबाट पीडित छन्। अघिल्लो महिनासम्म अस्पतालमा रहेका ब्रिटनीका पिता अहिले घर फर्किइसकेका छन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल पुस २२ गते आइतवार ।