काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको ३९ वर्ष पुरानो बास्केटबल जर्सी १२ लाख डलरमा बिक्री भएको छ। ओबामाले सन् १९७८–७९ तिर १८ वर्षको उमेरमा लगाउने गरेको उक्त जर्सी महंगो मूल्यमा विक्री भएको हो।

२३ नम्बरको उक्त जर्सीलाई स्कुलमा ओबामाभन्दा जुनियर विद्यार्थी ५५ वर्षीय पिटर नोवलले लिलाममा राखेका थिए। प्रारम्भमा जर्सीको मूल्य १ लाख डलर राखिएको थियो, जसमा २७ जनाले बढाबढ गरेका थिए।

सो जर्सीलाई अमेरिकी खेल कलाकृतिका सङ्ग्रहकर्ताले किनेको बताइएपनि खरिदकर्ताको नाम सार्वजनिक नगरिको भारतीय अखवार दैनिक भास्करले लेखेको छ।
प्रकाशन मिति–२०७६ साल भदौं ५ गते विहीवार ।