christina-grimmieकाठमाडौ। अमेरिकाको फ्लोरिडा राज्यको ओलान्डो शहरमा अमेरिकी प्रसिद्ध गायिका क्रिष्टिना ग्रिमीको हत्या भएको छ। ओलान्डो शहरमा आयोजित टेलिभिजन कार्यक्रम दि भ्वाइस कन्सर्टमा गीत गाएर फ्यानहरुलाई अटोग्राफ दिने क्रममा अज्ञात स्थलवाट चलाइएको गोली लागेर गायिका ग्रिमीको हत्या भएको अमेरिकी प्रहरीले जनाएको छ।

गायिका ग्रिमीलाई गोली हान्नेलाई पहिचान गरेर ग्रिमीकी भाइले तत्काल पक्रेका थिए। त्यतिबेलासम्म ग्रिमीलाई गोली हान्ने त्यो अज्ञात व्यक्तिले आफूलाई पनि गोली हानेर आत्महत्या गरिसकेका थिए। ग्रिमीलाई किन र के कारणले गोली हानियो भन्ने कुरा खुल्न सकेको छैन्।

गोली हान्नेको नाम पनि सार्वजनिक गरिएको छैन्। २२ बर्षिय गायिका ग्रिमीलाई गोली लागेपछि एक स्थानिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
प्रकाशन मिति–२०७३ साल जेठ ३० गते आइतवार ।