काठमाडौं। अमेरिकी मिडिया पर्सन तथा मोडल एवम् व्यापारी काइली जेनर विश्वका धनाढ्यहरुको सूचीमा परेकी छन्।

विश्व प्रसिद्ध फोब्स म्यागाजिनले सार्वजनिक गरेको सन् २०२० का धनाढ्यहरुको सूचीमा मोडल काइली जेनर परेकी हुन्। सन् २०२० मा सर्वाधिक कमाई गर्ने मोडल तथा व्यापारी काइली जेनर पहिलो नम्बरमा परेकी छन्।

काइलीले यो बर्ष ५९० मिलियन डलर कमाई गरेको फोब्सले उल्लेख गरेको छ।
काइली जेनरले जनवरीमा आफ्नो ब्यूटी प्रोडक्टको ५१ प्रतिशत शेयर विक्री गरेकी थिइन्।

प्रकाशन मिति–२०७७ साल पुस ५ गते आइतवार ।