काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी निजी सहायक म्याडलिन वेस्टराउटलाई निजी मामिला अरूसँग चुहाएको आरोपमा पदमुक्त गरिएको छ।

यसै महिना पत्रकारहरूसँग रात्रिभोजका बेला म्याडलिनले कुरा चुहाएको राष्ट्रपतिले थाहा पाएलगत्तै उनलाई बिहीवार पदमुक्त गरिएको बीबीसीले लेखेको छ।

न्यूजर्सीमा बिदा मनाउँदै गर्दा राष्ट्रपति ट्रम्पसँग आफ्नो पहुँचबारे म्याडलिनले मदिरापान गर्दै धाक लगाएको सीबीएस न्यूजले जनाएको पनि बीबीसीले लेखेको छ। ट्रम्प राष्ट्रपति भएको पहिलो दिनदेखि नै म्याडलिनले ट्रम्पसँगै काम गर्दै आएकी थिइन्।


प्रकाशन मिति–२०७६ साल भदौ १४ गते शनिवार ।