Hillari Clintonकाठमाडौ। अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन गैरहेको अमेरिकी राष्ट्रपतिको चुनावमा हिलारी क्लिन्टनलाई उम्मेदवार बनाएको छ।

डेमोक्याट्रिक पार्टीवाट उम्मेदवार बनेकी क्लिन्टन अमेरिकी इतिहासमा राष्ट्रपतिका लागि पहिलो महिला उम्मेदबार बनेकी छिन्। फिलाडल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले राष्ट्रपति पदका लागी हिलारी क्लिन्टनको नाम अनुमोदन गरेसंगै उनी पहिलो महिला उम्मेदवार बनेकी हुन्।

Hillari Clinton.1उम्मेदवारमा नाम अनुमोदनपछि क्लिन्टन र डोनाल्ड ट्रम्पबीच राष्ट्रपतीय चुनावमा कडा टक्कर हुनेछ। यसअघि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार बन्ने दौडमा रहेका बर्नी सेन्डर्सले आफ्नो नाम फिर्ता लिएपछि क्लिन्टनलाई उम्मेदवार बन्न बाटो खुलेको हो। डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट यसअघि नै उम्मेदवार बनिसकेका छन् । (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल साउन १२ गते बुधवार ।