trump-protest-1न्यूयोर्क । अमेरिकी राष्ट्रपतिमा निर्वाचित बनेका डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकामा नै व्यापक विरोध भएको छ। अमेरिकी जनताले ट्रम्प विरुद्ध विभिन्न शहरहरुमा विरोध प्रदर्शन गरेका छन्।

हजारौ हजारका संख्यामा सडकमा ओर्लिएका अमेरिकी प्रदर्शनकारीहरुले ट्रम्प आफूहरुको राष्ट्रपति नभएको र ट्रम्प जातिवादी भएको नारा लगाएका थिए। अमेरिकी टेलिभिजन सीएनएनले न्यूयोर्क, वासिङटन, बोष्टन, सिकागो, अटलान्टा, सान फ्रान्ससिस्को, फिलाडेल्फिया लगायतका ७ वटा शहरमा हजारौंको संख्यामा प्रर्दशनकारी सडकमा ओलिएको जनाएको छ।

trump-protest-4न्यूयोर्कमा करिव ५ हजारको संख्यामा सडकमा उत्रिएका प्रर्दशनकारीले म्यानहाटनस्थित ट्रम्प टावरअगाडी पुगेर प्लेकार्ड प्रर्दशन गर्दै नाराबाजी गरेका थिए। ट्रम्प राष्ट्रपति निर्वाचित हुनु धेरै दुःख र पीडाको कुरा हो, एउटा राष्ट्रका रुपमा हामी धेरै अगाडी बढिसक्यौं जस्तो लागेको थियो तर यो परिणामले त हामीले धेरै कदम पछि हटेको प्रष्ट भयो।’ एक प्रर्दशनकारीले सीएननसँग भने।

trump-protest-3

ट्रम्पका प्रतिस्पर्धी हिलारी क्लिन्टन र वर्तमान राष्ट्रपति बराक ओबामाले समेत निर्वाचन परिणामलाई स्वीकार्दै ट्रम्पलाई बधाइ दिइसकेका छन्। तर, डेमोक्रेटिक पार्टीको होल्ड भएका ठूला शहरका मतदाताहरु यो परिणामलाई सहजै स्वीकार्ने पक्षमा नदेखिएको स्वतःस्फूर्तरुपमा निस्किएका यी प्रर्दशनले देखाएको छ।

trump-protest-2

यसैवीच सानडियागो शहरमा नव निर्वाचित राष्ट्रपतिको बिरोधमा उत्रिएका प्रर्दशनकारी र ट्रम्प पक्षधरवीच झडप भएको छ । प्रहरीले झडपमा सहभागी केहीलाई पक्राउ गरेको छ। ट्रम्पलाई बधाइ दिन ठूलो संख्यामा सडकमा उत्रिएका समर्थक र बिरोधीवीच सडकमा झडप भएको थियो।
प्रकाशन मिति–२०७३ साल कात्तिक २५ गते विहीवार ।