काठमाडौ। विश्वको शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत पुगेका छन्।

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुन त्यहाँ पुगेको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गर्नेछन् ।

राष्ट्रपतिपुत्र ट्रम्पले भारतमा जग्गाको कारोबारसम्बन्धी दुईओटा परियोजना सुरु गर्ने भएका छन्। उनले राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकातामा त्यस्ता परियोजना सुरु गर्न लागेका हुन्।

भ्रमणकाक्रममा उनले भारतका कोलकाता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्नेछन् । अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण बताइएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ८ गते मंगलवार ।