काठमाडौ। अमेरिकी राष्ट्रपतिको पद तथा गोपनियताको शपथ लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने कसम लिएका छन्।

Donald Trump 6अमेरिकी जनतालाई संबोधन गर्दै ट्रम्पले वाशिंगटनमा केन्द्रित सत्तालाई जनताको बीचमा पुर्‍याउने बाचा पनि गरे। लामो समयदेखि राजधानीमा बस्ने सानो समूहले मात्र सरकारी सेवाहरुको लाभ उठाएको र बाँकी जनताले त्यसको मूल्य चुकाएको भन्दै वासिङ्टन फस्टाउने र आमजनताले लाभ नपाउने व्यवस्था अन्त्य गरिने उनको भनाइ थियो।

राजनीतिक नेताहरु समृद्ध हुँदा कलकारखाना बन्द भएको र जनता बेरोजगार बनेको भन्दै ट्रम्पले देशको संस्थापन पक्षले आफ्नो संरक्षण गरेपनि देशका नागरिकलाई सुरक्षित बनाउन नसकेको आरोप लगाए।

आगामी चार वर्षभित्र देशको उच्च आर्थिक विकास गर्ने बाचा गर्दै उनले सीमा क्षेत्रको नियन्त्रण र संसारभर अमेरिकाको सम्मान पुनस्र्थापित गरेर महान् राष्ट्रका रुपमा चिनाउने अठोट पनि ब्यक्त गरे।

अमेरिकी नागरिक देश पुनर्निर्माण गर्ने राष्ट्रिय अभियानमा एकताबद्ध भएको तर्क गर्दै उनले अहिलेको प्रयासले नै आगामी वर्षहरुमा अमेरिका र यो संसार कता जान्छ भन्ने निक्र्यौल गर्छ भने। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल माघ ८ गते शनिवार ।