काठमाडौं। विश्वको बैभबशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेनले शपथग्रहण गरेको केही घण्टामा नै आफूले गरेको प्रतिवद्धताको कार्यन्वयन गरेका छन्। बाइडेनले व्हाइटहाउसको ओभल कार्यालयमा बसेर १५ वटा कार्यकारी आदेश जारी गरेर आफूले गरेको प्रतिवद्धता कार्यन्वयन गरेका हुन्।

सीएनएनको समाचार अनुसार, बाइडेनले ट्रम्पले जारी गरेका र प्रतिबन्ध गरेका कार्यकारी आदेशलाई उल्ट्याइ दिएका छन् । उनका कार्यकारी आदेशहरु कोभिड–१९,युएस मेक्सिको पर्खाल,बिश्व स्वास्थ्य संगठन प्रवेश,संघीय कार्यालयमा मुखावरण लगाउने ,अमेरिकनहरुलाई राहत सहयोग,वातावरण,मानव अधिकार, जनगणना,आप्रवासन,मुस्लिन प्रतिबन्ध लगायत गरि १५ वटा रहेका छन् । बाईडेनको प्रस्तावमा १ करोड १० लाख असुचिकृत आप्रवासीलाई नागरिकताको अवसरसम्म दिने प्रस्ताव रहेको छ। असुचिकृत आप्रवासीले ५ वर्षमा स्थायी आवासीय पत्र (ग्रिन कार्ड) र त्यसको ३ वर्षमा अमेरिकी नागरिकता दिईने कुरा समेटिएको छ।

१ करोड १० लाख आप्रवासीलाई नागरिकतासम्मको सुविधा दिने बाईडेनको प्रस्ताव पारित भएमा अमेरिकी ईतिहासमा यो ठूलो काम हुने र “यो सन् १९८६ मा राष्ट्रपति रेगनको आप्रवासन सुधारपछिको जस्तो ठूलो काम हुनेछ। उक्त समयमा ३० लाख असुचिकृत आप्रवासीलाई सुचिकृत गर्दै नागरिकताको सुविधा दिईएको थियो।
प्रकाशन मिति–२०७७ साल माघ ८ गते विहीवार ।