काठमाडौ। बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी राष्ट्रपति बाराक ओबामासंग बसेर डिनर खाने भएकी छन्। अमेरिकी राष्ट्रपति ओबामाले आयोजना गर्न लागेको व्हाइट हाउस करेस्पोडेट्स डिनरका लागि अभिनेत्री चोपडालाई निम्तो गरिएको छ। भारतीय समाचार मिडियाको दावी अनुसार अभिनेत्री चोपडा अमेरिकी राष्ट्रपति ओबामा तथा ओबामा पत्नी मिसेल ओबामाका साथमा हलिउडका स्टारहरुको डिनर कार्यक्रममा सहभागिता रहने भएको छ।

Barak Obama with Priyanka Chopada

मिस वल्र्डको यात्रादेखि बलिउड हुंदै हलिउडका चलचित्रमा समेत अभिनय गरिसकेकी अभिनेत्री चोपडा हाल हलिउडको फिल्म बेवाचमा काम गरिरहेकी छन्। यसअघि अमेरिकन टेलिभिजनको क्वान्टिन प्रोग्राममा काम गरेर निक्कै चर्चा बटुलिसकेकी छन्। अभिनेत्री चोपडा अमेरिकी राष्ट्रपतिसंग डिनर गर्ने संभवत बलिउडको पहिलो अभिनेत्री हुने करिब करिब पक्का भएको कुरा पनि भारतीय समाचार मिडियाहरुको दावी रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २३ गते मंगलवार ।