Ambar Gurung 1

Ambar Gurung 2

काठमाडौ। नेपालका बरिष्ठ संगीतकार अम्बर गुरुङ्ग दुई महिना लामो उपचार पश्चात नेपाल फर्केका छन्। भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गरेर फर्केका संगीतकार गुरुङ्ग अझै पूर्णरुपमा स्वस्थ भने देखिएका छैनन्।

७८ बर्षिय संगीतकार गुरुङ्ग लामो समयदेखि मधुमेह, नशा तथा पाचनरोग लगायतका रोगवाट पीडित बन्दैआएका थिए। नेपालको राष्ट्रिय गीतको संगीतकार समेत रहेका राष्ट्रिय स्रष्टा गुरुङ्गको उपचारको संपूर्ण खर्च नेपाल सरकारले व्यहोरेको बताइएको छ।

Ambar Gurung 3

पहिला भन्दा धेरै राम्रो भएतापनि पूर्णरुपमा निको नभएको नेपाल फर्केको लगतै काठमाडौको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग गुरुङ्गले भनेका छन्। सरकारले खर्च व्यहोरेकोमा सरकारलाई धन्यवाद दिदै आफूलाई घरमै नर्सको व्यवस्था सरकारले गरिदिएमा अझ आभारी बन्ने गुरुङ्ग भन्छन्।   ( तस्वीर सौजन्य–कालजयी गीतका गायक सूर्य थुलुङ्ग )
प्रकाशन मिति–२०७२ साल चैत्र १७ गते बुधवार ।