काठमाडौं। साउदी अरबको सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ। जसको कारण साउदी अरब सरकारले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ।

बीबीसीका अनुसार, ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानले आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको बताएका छन् यो साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो।

शनिवार गरिएका आक्रमणका कारण साउदी अरबको तेल उत्पादनका आधाले कमी आएको हुन सक्ने विश्लेषकहरूले बताएका छन्। साउदी अरेबिया एक्लैले विश्व बजारको १० प्रतिशत कच्चा तेल उत्पादन गर्छ। उत्पादनमा आधाले आएको कमीको विश्व तेल बजारमा यसले व्यापक असर पार्ने तथा मूल्य बृद्धि हुने आशंका पनि गरिएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं २९ गते आइतवार ।