काठमाडौं। बेलायतमा हाल चर्चाको शिखरमा रहेका अभिनेता ध्रुब दत्तको मर्मस्पर्शी अभिनय रहेको गीतको भिडियो रिलिज भएको छ। अर्काको देशमा आँशु छ आँखामा हुँदैन्न आफन्त बोलको गीतको भिडियो रिलिज भएको हो।

सात समुद्रपारि परदेशी भूमिमा ट्याक्सी चालक एक नेपालीको मर्मस्पर्शी कथामा बुनिएको गीतको भिडियोमा अभिनेता दत्तको स्वभाविक यथार्थवादी अभिनय रहेको छ। गीतमा गायक सुलभ लोहनीको गायन तथा संगीत रहेको छ। शव्द–रचना मिन बानियाँ र म्युजिक एरेञ्ज चाँद सिंहको रहेको छ।

गीतको भिडियोमा अभिनेता ध्रुब दत्तको साथमा विदेशी कलाकार शेलिन हेन्डेरसोन लगायतको अभिनय रहेको छ। ईश्वर थापा र मिन बाँनियाको विशेष सहयोगमा निर्माण भएको भिडियोमा अम्बर गुरुङको निर्देशन, छाँयाकन तथा सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७७ साल मंसीर ५ गते शुक्रवार ।