Dharmus-Suntali 1काठमाडौ। गत बर्ष बैशाख २९ गते विनाशकारी भूकम्प गएको बर्षदिन पुगेको दिन यो बर्षको बैशाख २९ गते बुधवार सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको कार्य प्रारम्भ भएको छ। चर्चित हाँस्यकलाकार धुर्मुस र सुन्तलीको धुर्मुस–सुन्तली फाउण्डेसनको अगुवाईमा बस्ती निर्माण प्रारम्भ भएको फाउण्डेसनले भनेको छ।

 

Dharmus-Suntali 2

गत बर्षको बैशाख २९ गते सिन्धुपाल्चोकको गिरान्चौर गाविसमा ठूलो क्षति पुर्याएको थियो। ६५ घरपरिवारलाई असर पारेको गिरान्चौरका पीडितहरुलाई आगामी दशैंसम्म नयाँ घर हस्तान्तरण गर्ने योजना अनुरुप आफ्नो फाउण्डेसन क्रियाशील भएको धुर्मुस सीताराम कट्टेलले बताएका छन्। यसअघि काभ्रेमा एकिकृत पहरी बस्ती निर्माण गरेर धुर्मुस–सुन्तली फाउण्डेसनले भूकम्पी पीडितहरुलाई हस्तान्तरण गरेका थिए। साढे दुई महिनामा नै पहरी बस्तीमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत धुर्मुस–सुन्तलीको तारिफ गरेका थिए।

Dharmus-Suntali 3

लडेको बस्ती उठाउने क्रममा धुर्मुस र सुन्तली आफै कम्मर कसेर लागेका छन्। दुवैले गिट्टी–ढुंङ्गा बोक्ने देखि बस्ती निर्माणको संपूर्ण जिम्मेवारी वोकेर सवैको वाहवाही बनेका सुन्तली–धुर्मुसको प्रयासलाई सवैले सलाम गरेको पाइएको छ। बस्ती निर्माणको लागि स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुले दिएको सहयोग रकमवाट नै यसप्रकारको कार्य गर्न आफूहरु सफलता पाएको सुन्तली कुञ्जना घिमिरेले भनेकी छन्। सुन्तलीका अनुसार २२ लाखको हाराहारीमा सहयोग रकम संकलन भएको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २९ गते बुधवार ।