काठमाडौं। हामी नेपाली ग्लोबलको विशेष अन्तरराष्ट्रिय सम्मानवाट अर्गानिक कृषि उद्यमी जयकला बस्नेत सम्मानित बनेकी छन्। भाषा, जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापना भएको अन्तरराष्ट्रिय नेपाली संस्था हामी नेपाली ग्लोबलको विशेष सम्मानवाट कृषि उद्यमी बस्नेत सम्मानित बनेकी हुन ।

नेपाली अर्गानिक कृषि उद्यमदेखि कृषि सहकारी तथा सामाजिक सेवामा उल्लेखनीय योगदान दिएवापत हामी नेपाली ग्लोबलले दुई बर्ष लामो अध्ययन पश्चात अर्गानिक कृषि उद्यमी बस्नेतलाई उक्त सम्मान प्रदान गरिएको हामी नेपाली ग्लोबलले जनाएको छ। सम्मान हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा र कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्तरुपमा प्रदान गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा रहेको हामी नेपाली ग्लोबलले विश्वभर रहेका नेपालीलाई आपत–विपत पर्दा सहयोग गर्दैआएको र नेपाल – नेपालीलाई समृद्धशाली बनाउने  उदेश्यले नै नेपालीहरुको लागि हितकारी कार्य गर्दैआएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले सम्मान कार्यक्रममा वताएका छन्।

सम्मान कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले हामी नेपाली ग्लोबलले सही व्यक्तिको पहिचान गरेर सही सम्मान प्रदान गरेको दावी गर्दै कागेश्वर मनोहरा नगरपालिकाको कृषि उद्यमी महिला जयकला बस्नेत शान तथा गौरब नै भएको खुलासा गरे । सम्मानित जयकला बस्नेतले आफ्नो कामको विगत दुई बर्षदेखि अध्ययन तथा अनुसन्धान गरेर उच्चमूल्याँकन सहित हामी नेपाली ग्लोबलको विशेष अन्तरराष्ट्रिय सम्मान प्रदान गरेकोमा अत्यन्त गौरब लागेको बताएकी छन्।

अर्गानिक कृषि खेती तथा कृषि फार्म खोलेर अगाडि बढे्की अर्गानिक कृषि उद्यमी जयकला बस्नेतमले मनमुरी कृषि सहकारी संस्था देखि मनमुरी कृषि बजारसम्म विस्तार गर्न विशेष योगदान दिदैआएकी छन्। कृषि क्षेत्रमा महिला दिदीबहिनीहरुलाई सधैं उत्प्रेरणा दिने र आँट, साहस तथा धैर्य प्रदान गर्ने उत्प्रेरक महिला कृषि उद्यमीको रुपमा सम्मान कार्यक्रममा सवैले दिल खोलेर तारिफ गरेका छन्। कार्यक्रमको संचालन स्वास्थ्यविद सुनिता भट्टराईले गरेकी थिइन्।

प्रकाशन मिति–२०७८ साल माघ १५ गते शनिवार ।