काठमाडौ। बलात्कार र बलात्कारीको विषयमा चर्को बहस हुंदैआएको छ। बलात्कारीलाई जन्म कैद तथा फाँसीको सजाय लगायत कडा सजाय हुनुपर्ने माग महिला अधिकारवादीहरुको रहेको छ।

यसको लागि महिला अधिकारवादीहरुले शनिबार काठमाडौंको माइतीघरमा अर्धनग्न भएर प्रदर्शन गरेका छन्। त्यसरी प्रदर्शन गर्ने महिलाहरुलाई प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ समेत गरेको छ।

पेटीकोट लगाएर प्रदर्शन गर्ने युवतीहरुलाई तेस्रोलिंगी तथा पुरुषहरुलेसमेतले विरोधमा साथ दिएका थिए।

प्रहरीले महिला अधिकारकर्मीहरु सावित्री सुवेदी, रिया भण्डारी र तेस्रोलिंगी सन्ध्या लामालाई पक्राउ गरेको हो।

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि केही प्रदर्शनकारीलाई प्रहरीले लछारपछारसमेत गरेको थियो।


प्रकाशन मिति–२०७५ साल भदौ ३ गते आइतवार ।