Gauri Khanकाठमाडौ। बलिउडको अर्बपति अभिनेता शाहरुख खानकी धर्मपत्नी गौरी खानले आफलाई शाहरुख खानको पत्नीको परिचयले अपुग हुने बताएकी छन्।

एक अन्तरवार्ताको क्रममा शाहरुख पत्नी गौरीले आफ्नो बेग्लै पहिचान र काम भएकोले शाहरुख खानकी पत्नी भनेर परिचय गराइदा आफूलाई अन्याय भएको गुनासो गरेकी छन्।

कुनैपनि पत्रपत्रिका तथा अनलाइनका हेडलाइनहरुमा आफूलाई शाहरुखकी पत्नी भनेर उल्लेख गरिदा मन कटक्क दुख्ने गरेको स्पष्ट पारेकी छन्। बलिउडकी ख्यातिप्राप्त इन्टियर डिजाइनर रहेकी गौरी खान हाल आएर आफ्नो परिचयवाट चिनिन चाहेकी छन्।

Sharukh-khan-at-kathmandu 3
प्रकाशन मिति–२०७२ साल फागुन १३ गते विहीवार ।