काठमाडौ। पचास कटेपनि हालसम्म अविावाहित रहेका बलिउडका अभिनेता सलमान खानसंग रोमान्स गर्नेहरुको अझैपनि कुनै कमी रहेको छैन्। एक से एक विवाहित तथा अविवाहितहरु सलमानसंग रोमान्स गर्न चाहन्छन्। कोही चुम्वन गर्न त कोही रात विताउन नै चाहनेहरुको लर्को नै रहेको छ।

यतिखेर बिग बोसको ११औँ सिजनबाट चर्चामा आएकी अर्शी खानले आफूलाई सलमान खानसँग रोमान्टिक फिल्म खेल्न र मज्जाले चुम्बन गर्न मन लागेको बताएकी छन् ।

‘म सलमानसँग रोमान्टिकका साथै किस सिन गर्न चाहन्छु,’ अर्शीले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा भनेकी छन्, ‘सलमानले अहिलेसम्म अनस्क्रिन कसैलाई पनि किस गरेका छैनन् । म उनीसँग रोमान्टिक तथा किस सिनमा अभिनय गर्न तयार छु ।’अर्शीले आफूले बिग बोसको घरमा सलमानको फोटोलाई बारम्बार चुम्बन गर्ने गरेको पनि खुलासा गरेकी छन् । सलमानले आफ्नो फिल्ममा चुम्बन दृश्य नराख्ने गरेको जानकारी आफूलाई भएको समेत अर्शीले दाबी गरेकी छन् ।

पर्याप्त सोचविचार नगरी बोल्ने बानीका कारण आलोचनाको सिकारसमेत हुने गरेकी अर्शीले आफू हालै एउटा साउथ इन्डियन फिल्ममा अनुबन्धित भएको र सो फिल्ममा बाहुबली प्रभासले पनि अभिनय गर्ने भनेकी छन्।

अर्शीले आफूलाई बलिउडमा कंगना रनावट निकै मनपर्ने बताएकी छन् । ‘कंगना निकै बोल्ड छिन् । सत्य कुरा बोल्न डराउँदिनन्, उनमा आडम्बर छैन । म पनि त्यस्तै छु । त्यसैले मलाई कंगना बेस्ट लाग्छ । उनी नै मेरो आदर्श हुन्,’ उनको भनाइ छ ।

त्यसैगरी, अन्तर्वार्तामा उनले आफूलाई महेश भट्टजस्तो निर्देशकसँग काम गर्न मन लागेको पनि खुलाएकी छन् । ‘मलाई महेश भट्टजस्तो निर्देशकसँग काम गर्नु छ । त्यसैले म उहाँलाई निकै फलो गर्छु,’ उनले भनेकी छन् ।
अर्शीले अभिनय गर्ने दाबी गरिएको साउथ इन्डियन फिल्मको घोषणा भने अहिलेसम्म भएको छैन।प्रकाशन मिति–२०७४ साल माघ २० गते शनिवार ।