काठमाडौं। पछिल्लो पुस्ताकी चर्चित गायिका सहिमा श्रेष्ठको स्वरमा बिल्कुलै फरक शैलीको नयाँ आइटम गीतको गजबको भिडियो रिलिज भएको छ। गीतको बोल नै “उम्लियो उम्लियो” रहेको छ। कराहीमा तताइएको तेल जसरी उम्लिन्छ। त्यसरी नै जवानी उम्लिने गरिन्छ भन्ने संकेत सहितको व्यापक ग्ल्यामर्स दृश्य म्युजिक भिडियोमा रहेको छ।

दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्केर आफुलाई स्थापित गायिकाको रुपमा उभ्याउन सफल तथा मेला महोत्सब देखि कार्यक्रमहरुमा स्टेज क्वीन सहिमाको यस गीतमा गीतकार किरण केसी “क्रोधी” को शब्द तथा संगीतकार आलोकश्री रहेको छ।

गीतको म्युजिक भिडियोलाइ छायाँकार नबराज उप्रेतीले छायांकन गरेका छन् भने सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्माको उम्लिएको जवानीलाई प्रस्तुत गरिएको छ।

प्रकाशन मिति–२०७६ साल जेठ १८ गते शनिवार ।