Badhi Pairo 2काठमाडौ। नेपालमा भीषण बर्षाले काठमाडौ उपत्यका पनि अछुतो हुन सकेको छैन्। काठमाडौ उपत्यकाका विभिन्न बस्ती डुवानमा परेको छ। उपत्यकाको भक्तपुर र ललितपुरको सीमाना भएर बग्ने गोदावरी खोलामा आएको बाढीले यहाँको बस्ती डुबानमा परेको छ।

वर्षाका कारण बालकोट हाइट, हनुमन्ते खोलामा आएको बाढीले यहाँ आसपासका घर टहरा डुबाउनुका साथै धान र मकै खेती नष्ट भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं ५ र ७ मा पर्ने टीकाथली र चाँगाथली जोड्ने गोदावरी खोलाको सवारी चल्ने फलामे पुल भासिदा यातायात सेवासमेत ठप्प भएको छ।

फलामे पुल भासिएपछि पुलबाट चारपांग्रे सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको छ । बाढीका कारण पुलको पश्चिमतर्फको केही भाग भासिएको थियो । बाढीले गोदावरी खोलाको दायाँबायाँतर्फका ५० मिटरसम्म बनेका घर टहरामा पाँच फिटसम्म पानी छिरेको छ।

Badhi Pairo 4यसैगरी इमाडोल क्षेत्रका बस्ती पनि पूरै डुवानमा परेको छ। जसलेगर्दा इमाडोलका स्थानीय बासिन्दा निक्कै त्रसित बनेका छन्। काठमाडौको बालाजु बाइपासस्थित ढिस्को नै सडकमा खस्दा त्यहाँको आगमनमा नै रोकावट भएको छ। समाचारअनुसार, ढिस्कोमा स्कुटर पुरिएको छ। मानविय क्षति भने भएन।

Badhi Pairo 3प्रकाशन मिति–२०७४ साल साउन २९ गते आइतबार ।