salman-khan-lulia-jpg

काठमाडौ। बलिउडका तीन खान मध्ये एक खान सलमान खानको हालसम्म विवाह भने भएको छैन्। ५१ बर्षका सलमान खानको विवाह नभएतापनि धेरैजनासँग मन साटिसकिएका छन्।

विवाह भन्दा प्रेम अनि रोमान्समा अग्रपंक्तिमा रहेका सलमानको प्रेम–रोमान्स हाइप्रोफाइल अफेयर नै बन्न सफल भैसकेका छन्। पछिल्लो समयमा सलमानको रोमानी मोडल एवं सञ्चारकर्मी युलिया भन्तुरसँग अफेयर्स चलिरहेको भारतीय समाचार माध्यमहरुको दावी रहेको छ।

उनीहरूले बिहे गर्ने भनिए पनि सलमान मौन छन्। सलमानको लभ लाइफ कहिल्यै सुखद रहेन । अधिकांश सम्बन्ध बिग्रिए। युलियासँगको हल्लाले के परिणाम लिने हो, त्यो हेर्न बाँकी छ । उनी सलमानकी १० औं गर्लफ्रेन्ड मानिएको छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ६ गते आइतवार ।