ललितपुर। लगातारको लकडाउनले सवैतिर समस्या परेको छ। विद्यालय तथा विद्यार्थीहरुलाई पनि यो लकडाउनले व्यापक नै समस्या पारेको छ। शैक्षिक बर्षलाई नै गोलमाल पारेको यो लकडाउनले गर्दा सवै विद्यार्थीहरुको मुखवाट एउटै प्रश्न उठ्ने गरेको छ। त्यो हो–अव कहिले स्कुल खुल्ने हो?

यही आम प्रश्नमा बहुमुखी प्रतिभाका धनी कलाकार यमन श्रेष्ठले सटमूबी नै निर्माण भएको छ। ललितपुरको सुनाकोठी ठेचोको निवासमा पिता कमेडी किङ मदनकृष्ण श्रेष्ठका साथमा पूरै परिवार लकडाउनमा रहेका यमन श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको सटमूबी अव कहिले स्कुल खुल्ने हो अत्यन्त समसामयिक बनेको छ।

लकडाउनको समयमा सबैभन्दा मारमा परेका विद्यार्थी तथा स्कूलको पिडा समेटिएको उक्त सटमुबीको कथा समेत लेखेका यमनले मोबाईलबाटै छायांकन गरि मनोरन्जनात्मक ढंगले निर्माण निर्देशन गरेका हुन। लामो समयदेखी बन्द रहेको बिद्यालयलाई केही विद्यालयले अनलाईनको माध्यमबाट पढाउने प्रयास गरेपनि ग्रामीण भेगका विद्यालय तथा सामूदायिक बिद्यालयले कसरी बिद्यार्थीलाई पढाउन सकिन्छ भन्ने वहसलाई कलाकार यमनले व्यंग्यात्मक तवरले प्रस्तुत गरेका छन्।

सामाजिक सन्जाल फेसबुक, ईन्स्ट्रागाम तथा युट्यूबबाट सार्वजनिक गरिएको उक्त सटमूबीमा यमनकी जीवन संगीनी रिंकु बज्राचार्य श्रेष्ठका साथमा सुनिता गौतम, अजय अधिकारी सुशिल,रोशन कोईराला तथा बाल कलाकार निशुना बजगाईको अभिनय रहेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ २६ गते सोमवार ।