काठमाडौं। काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंका होटल तथा रेष्टुरेन्टका शौचालयलाई निःशुल्क शौचालयको रुपमा प्रयोगमा ल्याउने अवधारणा ल्याएको हप्ता दिनपनि नवित्दै होण्डा कंपनीका शौचालयहरु पनि निःशुल्क हुने भएको छ।

अवका दिनहरुमा होण्डाका शोरुम तथा वर्कसपका शौचालयहरुलाई काठमाडौमा सर्वसाधारणले प्रयोग गर्न पाउने भएको हो। यसको आधिकारिक घोषणा होण्डा कंपनीका प्रमुख कार्यकारी निर्देशक सौरभ ज्योतिलेले ट्वीटर मार्फत गरेका छन्।

काठमाडौं महानगरमा सार्वजनिक शौचालयको अभावको कारण सर्वसाधारणहरुले भोग्नुपरेको समस्यालाई होण्डाले आत्मसात गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिने भएको सौरभ ज्योतिले भनेका छन्।
प्रकाशन मिति–२०७९ साल जेठ २० गते शुक्रवार ।