काठमाडौं। भारतीय टेलिभिजन च्यानलमा टीभीकी कशिशको नामले चर्चित बनेकी अभिनेत्री आमना सरिफ अव क्राइम ड्रामामा पनि देखिने भएको छ। आमनाले साइकोलजिकल क्राइम ड्रामा ‘ड्यामेज्ड–३’ बाट अभिनयको नयाँ करिअर शुरु गर्न लागेकी हुन्।

यो वेब सिरिजको पहिलो दुई सिजन निकै हिट भएका थिए। यसमा अमृता खानविलकर मुख्य भूमिकामा थिइन्। टीभीको दुनियाँमा हिट सिरियल कहीँ तो होगा र कसौटी जिन्दगी तथा बलिउडमा ६ वटा फिल्ममा काम गरेकी आमनाको यो पहिलो ओटीटी प्रयास हो।

जसमा उनी निकै फरक भूमिकामा देखिन लागेकी छन्। उनी साइकोलजिकल क्राइम ड्रामामा काम गर्न निकै उत्साहित छिन्। आमनाले आफ्नो अभिनय करिअरको सुरुआत २००३ मा आएको टीभी सो ‘कहीँ तो होगा’ बाट गरेकी हुन्।
प्रकाशन मिति–२०७७ साल चैत्र २२ गते आइतवार ।