काठमाडौ। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसंवन्धी ऐन बनाएको चार बर्षपछि नेपाल सरकारले बल्ल लागू गरेको छ। खिल्ली चुरोट विक्री–वितरणमा पूर्णरुपमा प्रतिवन्ध लगाएको छ। जन–स्वास्थ्यमा प्रत्यक्ष असर पारिदैआएको चुरोट सेवनलाई निरुत्साहित गर्न सरकारले यसतर्फ नियन्त्रण गर्न खिल्ली चुरोट विक्री–वितरणलाई प्रतिवन्ध गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Smoking Barsha Raut

खिल्ली चुरोट विक्री–वितरण प्रतिवन्ध भएको अवस्थामा कसैले खिल्ली चुरोट विक्री गरेमा नगद १० हजारसम्म जरिवाना गरिने समेत भनिएको छ। पहिलो चरणमा यससंवन्धमा जनचेतना अभिबृद्धि गर्ने तयारी मन्त्रालयले गर्ने जानकारी स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले बताए।

खिल्ली चुरोट विक्री वितरणमा प्रतिवन्ध भएपछि विक्रेताले चुरोट बट्टा मात्र विक्री वितरण गर्नु पर्ने हुन्छ। बट्टा नै खरिद गर्नुपर्ने बाँध्यता भएपछि खिल्ली चुरोट खरिद गरेर सेवन गर्नेहरु निरुत्साहित हुने सरकारले अपेक्षा गरेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन ५ गते बुधवार ।