काठमाडौं। नेपालकी अत्यन्त पौरखी तथा मेहनती नायिका शुभेच्छा थापा अव निर्देशक बनेकी छन्। नेपालीहरुको दशैंपछिको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाकै दिन नायिका थापा निर्देशक बन्ने घोषणा भएको हो। नायिका शुभेच्छा थापाले चलचित्र लक्ष्मी–रानीको निर्देशन गर्ने भएकी हुन्।

नायिका थापाकै कथा रहेका यस चलचित्रको निर्माण विनोद त्रिपाठीले गर्दैछ्। लक्ष्मीपूजाको दिन लक्ष्मीपूजाकै गीतको रेकर्डिङ गरेर यस चलचित्रको निर्माण शुभारम्भ भएको घोषणा भएको नायिका थापाले भिजन संसारलाई भनेकी छन्।

बाबुल गिरीको संगीत रहेको यस चलचित्रमा तिहार तथा दशैंको महत्वपूर्ण सन्देश मूलक गीत रहने भएकोले तिहारकै लक्ष्मीपूजाको गीत रेकर्डिङवाट चलचित्र निर्माण शुभारम्भ गरिएको नायिका थापाको भनाई रहेको छ। यही आउने माघ महिनाको पहिलो हप्तावाट चलचित्रको छायाँकन तिब्र गत्तिमा हुने जानकारी पनि नायिका थापाले दिएकी छन्।

आउने नयाँ बर्ष २०७६ सालको लक्ष्मीपूजाकै दिन प्रदर्शन गर्ने टार्गेट सहित चलचित्र लक्ष्मी–रानीको कार्य भएको पनि नायिका थापाले भनेकी छन्। चलचित्र लक्ष्मी–रानीमा नायिका थापाको डब्बल रोल रहने भएको छ। साथमा जयकिशन बस्नेत, मिथिला शर्मा, पल्पसा डंगोल चम्सुरी लगायतका कलाकारहरुको बेजोड अभिनय रहने भएको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक २२ गते विहीवार ।