काठमाडौं। जापानको राष्ट्रिय फूल साकुरा अव नेपालमा पनि फुल्ने भएको छ। यसको लागि शनिवार आयोजित कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नंबर १५ स्थित कीर्तिपुरको सिमानामा पर्ने भिराडिल पार्क क्षेत्रमा जापानवाट ल्याएका ५० वटा साकुरा फूलको विरुवा रोप्ने कार्य भएको छ।

काठमाडौं क्षेत्र नंबर ९ का प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठ तथा नेपालका लागि जापानी कार्यबाहक राजदूत योशिका युजोको उपस्थितिमा वृक्षारोपण गरिएको हो।

जापानको खाइके शहरको लाइफ सेविङ क्लवका प्रतिनिधि तथा चन्द्रागिरि नगरपालिकाका प्रतिनिधिहरुले सो वृक्षारोपण गरेको त्यस बृक्षारोपन कार्यक्रममा सहभागी नेपालभाषाका सुपरस्टार अभिनेता रुपेन्द्र श्रेष्ठले भिजन संसार डटकमलाई बताएका छन्।

अभिनेता श्रेष्ठका अनुसार, कीर्तिपुर सिमानामा पर्ने सो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने हिसावले जापानी राष्ट्रिय फूल साकुराको बृक्षारोपन गरिएको हो।


प्रकाशन मिति–२०७५ साल माघ २० गते आइतवार ।