काठमाडौ। प्रचलित नेपाल लिपी गुठीको आयोजनामा प्रचलित नेपाल लिपीको एपसको निर्माण तथा संचालन भएको छ। मातृभाषा नेपालभाषामा मज्जाले आफ्नै लिपीमा लेख्न तथा पढ्नका अनि विभिन्न सामाजिक सञ्जालहरुमा पोष्ट गर्नका लागि सजिलो माध्यम यो एपस भएको जिकिर तथा दावी प्रचलित नेपाल लिपी गुठीका अध्यक्ष निरञ्जन ताम्राकारको रहेको छ।

नेवाःदेय दबुका अध्यक्ष नरेश ताम्राकारले प्रचलित नेपाल लिपीको एपसको निर्माण तथा संचालनवाट नेपालभाषामा गहकिलो आयाम बन्न पुगेको बताएका छन्। एपसको आधिकारिक संचालन तथा प्रवद्र्धनको उदघाटन कार्यक्रममा नेपालभाषाको आन्दोलनमा लामो समय देखि क्रियाशील व्यक्तित्व तथा इलोह प्रकाशनका प्रकाशक तथा सम्पादक नरेशवीर शाक्यले यस एपसले संसारभर बसेका नेवारहरुलाई एक गर्न अझ सफल हुने आशा व्यक्त गरेका छन्।

यस प्रचलित नेपाल लिपीको प्रयोगका बारेमा मिस नेवाः २०११ सुनिता डंगोलले कार्यक्रममा प्रयोग गरेर सवैलाई सिकाएकी थिइन्। आयोजक प्रचलित नेपाल लिपी गुठीले निकट भविष्यमा संयुक्त राष्ट्रसंघमा समेत नेपालको मौलिक पहिचान बनेको रञ्जना लिपीको एपस पनि बनाउने भनेको छ।

#NEPAL LIPI-TYEPE NEWA APP


प्रकाशन मिति–२०७४ साल पुष २ गते आइतवार ।