Barak Obhama 3काठमाडौ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधवार नेपालवाट अमेरिकामा निर्यात गर्दा लाग्ने भन्सारमा छुट दिने संवन्धी विधेयकमा हस्ताक्षर गरेर पास गरेका छन्। राष्ट्रपतिको हस्ताक्षर पश्चात अब नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट हुने छ।

जसमा कार्पेट,गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन्। यो छुट नेपालले दश वर्षसम्मका लागि पाउने छ। गत बैशाखमा गएको महाभूकम्पले शिथिल बनाएको नेपाली अर्थतन्त्रलाई केही राहत होस् भनि उक्त विधेयक ल्याइएको बताइएको छ। उक्त विधेयकले नेपालको व्यापार गर्ने क्षमतामा अविवृद्धी गर्न पनि अमेरिकाले सहयोग गर्ने छ।
प्रकाशन मिति–२०७२ साल फागुन १३ गते विहीवार ।