काठमाडौ। नेपालको फेसन तथा मोडलिङलाई अन्तरराष्ट्रिय क्षेत्रमा फैलाउन अत्यन्त आवश्यक भैसकेको छ। नेपाली फेसन तथा मोडल विश्वका कुनैपनि फेसन तथा मोडल भन्दा कम छैन्।

अन्तरराष्ट्रिय प्रतिस्पर्धामा मज्जाले भाग लिएर राष्ट्रको पहिचान कायम राख्न सक्ने दावी नेपालका ख्यातिप्राप्त मोडल तथा फेसन कोरियोग्राफर राज फैजुको रहेको छ। रेडियन्ट इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर समेत रहेका राज फैजुले नेपाली मोडलिङ र फेसनलाई अन्तरराष्ट्रियकरण गर्ने निश्चित भएको छ।

फैजुलाई भारतको ख्यातिप्राप्त फेसन अर्गनाइजेशनले इन्डो–नेपाल कल्चर एक्सचेञ्ज प्रोग्रामको इन्टरनेशनल डाइरेक्टर नियुक्त गरिएको छ। फैजुको यो नियुक्तिवाट यस कार्यलाई मूर्तरुप दिन फैजुलाई अझ सहज बनेको छ।

चाँडै नै भारतमा हुन लागेको इन्टरनेशनल प्रोग्राममा नेपाली मोडल तथा फेसनलाई प्रतिस्पर्धी बनाउने आफ्नो भिजन र मिसन रहेको फैजुले भनेका छन्। त्यसको लागि आफू र आफ्नो कंपनी अन्तिम तयारीमा रहेको पनि फैजु भन्छन्।

बर्षमा कम्तिमा ६ वटा इभेन्ट म्यानेजमेन्टको प्रोग्राम गर्ने फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट कंपनी अग्रणी संस्था नै मानिन्छ।

प्रकाशन मिति–२०७४ साल माघ १६ गते मंगलवार ।