काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौं जिल्ला शाखाले बागमती प्रदेशको गरिमामय काठमाडौंवाट निर्वाचित प्रदेश सांसद अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री पदमा नियुक्त बनेकोमा बधाई ज्ञापन गरेको छ।

नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौं जिल्ला शाखाका सचिव रत्नकाजी महर्जनव्दारा प्रेषित विज्ञप्ति अनुसार काठमाडौं क्षेत्र नंबर ८ (ख) वाट बागमती प्रदेश सभामा निर्वाचित सांसद शाक्य बागमती प्रदेशकै गौरब भएको तथा पहिलो प्रदेश मुख्यमन्त्री भएकी छन्।

जुन अत्यन्त गौरबता हो र मुख्यमन्त्री शाक्यको कार्यकालको सफलताको पनि कामना गरिएको छ।


प्रकाशन मिति–२०७८ साल भाद्र ३ गते विहीवार ।