भियना। अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ।

hitler-homeजर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो। नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो। यद्यपी सन् १९४४ मा नाजी शासनको अन्त्यपछि सो भवन बन्द गरिएको थियो।

यो भवन नाजीहरुको केन्द्रबिन्दु वा पुजनीय स्थल नबनोस् भन्ने उद्देश्यले अष्ट्रिया सरकारले भत्काउने तयारी गरेको हो। घर भत्काउने विषयमा भने विवाद देखिएको छ। घर धनीले भत्काउन नदिने अडान लिएपछि सरकारले संसद्बाट नयाँ कानुन पारित गरेर भए पनि भत्काउने तयारी गरेको छ। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल कात्तिक २ गते मंगलवार