काठमाडौं। अष्ट्रेलियाको जंगलमा सल्केको डढेलोले भयंकर रुप लिएपछि त्यहाँको जनजीवन अत्यन्त संकटमा परेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार दिनदेखि सल्केको आगोले हालसम्म जंगलका ५० करोड जनावर मरिसकेको छ।

त्यसैगरी २५ जनाभन्दा बढि मानिसको मृत्यु भएको छ भने १५ सयभन्दा धेरै घर जलेका छन। करोडौं एकड जमिन आगोले ध्वस्त भएको छ। मानव वस्ती र खेतीयोग्य जमिनलाई आगोले घेरेको अवस्था रहेको छ। केही दिन यता मानिसहरु दक्षिणपूर्वी अष्ट्रेलियाका मात्रै हजारौं बासिन्दा समुद्री किनारमा सरेका छन्।

प्रभावितहरुलाई उद्धार तथा खानपानको लागि आवश्यक सामग्रीहरु सैन्य जहाज र विमानबाट सामान ओसारिएको न्यूयोर्क टाइम्सले जनाएको छ। अष्ट्रेलियाको तामक्रम बढेको कारण जंगलमा आगो लागेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन।

सिएनएनका अनुसार न्यू साउथ वेल्समा अहिले करिब १० करोड एकड जमिन जलिसकेको छ। न्यूर्योक टाइम्सले अहिले जम्माजम्मी २ लाख ६४ हजार हेक्टर आगोले भष्म भएको उल्लेख गरेको छ।

राजधानी क्यानबेरामा ८० वर्षपछिकै सबैभन्दा धेरै तापक्रम ४४ डिग्री सेल्सियस पुगेको त्यहाँको मौसम विभागले जनाएको छ। अष्ट्रेलियाको इतिहासमा सर्वाधिक तापक्रम ४९ डिग्री सेल्सियससम्म पुगेको छ।
प्रकाशन मिति–२०७६ साल पुस २० गते आइतवार ।