काठमाडौं। नेपालमा नेपाली चलचित्रको बजार खासै जम्न सकेको पाइदैन। नेपाली चलचित्र हेर्ने जमात सवै विदेशमा भएको कारण पनि यस्तो अवस्था आएको ठहर भएको छ। नेपाल वाहिर नेपालीहरुको बाक्लो बस्ती भएको देशमा भने नेपाली चलचित्र हाउसफुल नै चल्ने गरेको पाइएको छ।

नेपालीहरुको बाक्लो गन्तव्य अनि बस्ती रहेको अष्ट्रेलियामा नेपाली चलचित्रको बजार अत्यन्त राम्रो भएको प्रमाण जेठ ३ गतेवाट नेपालमा रिलिज भएको विलकुलै नयाँ चलचित्र जात्रै–जात्राको रेकर्डले प्रमाणित भएको छ। चलचित्र जात्रै–जात्रा हेर्नका लागि अष्ट्रेलियामा काम विशेषले तथा अध्ययनका क्रममा रहेका नेपालीहरुको व्यापक भीड नै लागेको बस्तुस्थितिले नेपाली चलचित्रको बजार त्यहाँ तातिएको प्रमाण मिलेको हो।

अहिले अष्ट्रेलियाका विभिन्न शहरहरुमा जात्रै–जात्रा प्रदर्शन भइरहेको छ। ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य शहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ। एक किसिमले भन्नुपर्दा अष्ट्रेलियामा नेपाली चलचित्रको व्यापक जात्रा नै भैरहेको छ। जात्रा लागेको छ।

त्यो जात्रामा जात्रै–जात्राका कलाकारहरुमा पनि नायिका बर्षा राउत आकर्षणको मुख्य केन्द्र विन्दु नै भएको छ। बर्षा राउतको गजबको पहिरन पनि आकर्षणको केन्द्र बनेको पाइएको त्यहांस्थित समाचार माध्यमहरुको भनाई रहेको छ। प्रदीप भट्टराईको निर्देशन तथा कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँको निर्माण रहेको चलचित्र जात्रै–जात्राको कथावस्तु सुन तस्करी संवन्धमा रहेको छ। चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् ।
प्रकाशन मिति–२०७६ साल जेठ १८ गते शनिवार ।