काठमाडौं। अष्ट्रेलिया तथा स्पेनका लागि नेपाली राजदूतमा महेशराज दाहाल र दावाफुटी शेर्पा नियुक्त बनेका छन्। दाहाल अष्ट्रेलिया र शेर्पा स्पेनका लागि राजदूत बनेका हुन्। दुवैले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार आ–आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रकाशन मिति–२०७६ साल असोज २९ गते बुधवार ।