–सनत कुमार थापा

एकजना मानिस मदिरा सेवन नगरी बस्नै नसक्ने ।
उसलाई सधै सांझ भट्टीमा गई मदिरा सेवन गर्नु पर्ने ।।

सांझ उसलाई घर जान एक जना साथी नभई नहूने ।
साथी पर्यो उसको मद्यपान र धुम्रपान कहिलै नगर्ने ।।

मध्यपान र धुम्रपान नगरेपनि साथीको बचन कहिले नहार्ने ।
दियो साथ सधै साथीलाई उसले भट्टीमा गई सांझ घर पुर्याउने ।।

प्रत्येक दिनजसो सांझ जड्ह्या साथीसंग ऊ पनि भट्टीमा जाने ।
यो कृयाकलाप देख्नेले उसले जांड खाएन भनि कसरी पत्याउने ??

गलत गर्नेको बिचार नगरी साथ दिदा असलै भएपनि बिबादमा पर्ने !
बुद्धिमान त्यो हो–आफ्नो वरिपरीको सबै बिचार पुर्याई अगाडि बढ्ने !!


प्रकाशन मिति–२०७६ साल मंसीर ७ गते शनिवार ।