काठमाडौं। प्रत्येक बर्षको असार १५ गतेका दिनलाई धान दिवसको अलावा परम्परा देखि चल्दैआएको दही–चिउरा खाने दिवसका रुपमा पनि लिइने गरेको छ। असार १५ का दिन दही चिउरा खानुको मज्जा बेग्लै हुने गरेको छ।

अझ कृषकहरुका लागि आजको दिन त धान रोप्नेको चटारो नै हुने गर्दछ। कामको यो चटारोमा किसानहरुका लागि छिटोमिठो खाजा नै दही–चिउरा हो। दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन। दही चिउरा बनाउन समय लाग्दैन ।

त्यसैले काममो हतारोबीच दही चिउरा उपयुक्त हुन्छ, नास्ताको लागि। दही चिउरा मिठो पनि हुन्छ। सवैको लागि सर्बप्रिय स्वास्थ्यदायक परिकार भएको कारण यो मौसमका लागि दही चिउरा अत्यन्त उपयुक्त खाजा हो।

वर्षायाममा दही चिउरा खानुको फाइदा नै फाइदा छ। वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने भय हुन्छ। यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ। यसैगरी गर्मीले गर्दा चाडै सड्ने,गल्ने हुन्छ।

त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ। दही–चिउरामा त्यस्तो संक्रमणको भय हुँदैन। यसलाई पकाउन नपर्ने भएकाले छिटो हुन्छ, बनाउन सजिलो र छरितो हुन्छ।

स्वस्थ्यवद्र्धक पनि हुन्छ। दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ । दहीमा भएका व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पु-याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई शितलता प्रदान गर्छ।

त्यसैगरेर, दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ। एक हिसाबले भन्ने हो भने दही स्वादिलो पेय मात्र नभएर औषधी पनि हो। अर्कोतर्फ, चिउरा स्वास्थ्यवद्र्धक खानेकुरा हो।

यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनैपनि किसिमको संक्रमण हुँदैन। चिउरा र दहीको समिश्रण स्वादिलो हुन्छ साथसाथै सुपाच्य पनि हुने गर्दछ।

Photo-Abhiruchi Budhathoki/ Photo By-Kabindra Man Shakya.
प्रकाशन मिति–२०७७ साल असार १५ गते सोमवार ।