–ओमधर राजोपाध्याय शर्मा
काठमाडौं। यस वर्षको सूर्य ग्रहण असार ७ गते आइतवार लाग्दैछ । विहान १०ः५० बजे देखि अपरान्ह २ः२४ बजेसम्म रहने छ। मध्याह्न १२ः३८ बजे सूर्य ग्रहण प्रभाव निकै कडा हुनेछ। यस्तो समयमा नकारात्मक किरणले आम मानिसलाइ नराम्रो असर गर्ने हुनाले बढी सतर्क अपनाउनुपर्ने हुन्छ।

सूर्य ग्रहण समय ३ घण्टा ३३ मिनेटसम्म हुने भएकोले सूर्य ग्रहण लागेको समयमा हिड्डुल, भोजन गर्नु,शौच गर्नु,मैथुन गर्नु,निदाउनु,मासु खानु,रक्सी पिउने,पेय पदार्थ खाने र पानी पिउन पनि हुंदैन।

अझ विशेषतः गर्भवती महिलाले ध्यान पुर्याउनु पर्दछ। सूर्य ग्रहणको प्रकाश मानव शरीरलाइ निकै घातक हुने भएकोले शरीरमा लाग्न नदिन ग्रहणको उज्यालो प्रकाशमा नजाने तथा जानै परेमा सतर्क अपनाउने ! जस्तो कि गर्भवती महिलाले पेटमा गोवरको लेपन गर्ने वा कुशको डोरि बनाइ कम्मरमा वाँध्ने गरे असर कम हुन्छ। सुरक्षा विधि नअपनाइ लापरबाही गरे पेटको वच्चालाइ नराम्रो असर पर्ने गइ जन्मिने वच्चा असामान्य हुन सक्छ। बाल,बृद्द,रोगी र अशक्तहरुलाइ भोजन गराउन सकिन्छ।

सूर्य ग्रहण लाग्नु भन्दा अगाडि खानेकुरामा कुश र तुलसीको पात राख्नाले ग्रहण समाप्ति पश्चात् खान योग्य नै हुन्छ। धार्मिक तथा पितृ कार्यको लागि नभैइ नहुने तिर्थका जलहरु (गंगाजल) मा कुश वा तुलसीको पत्र राख्न नभुल्नु होला। कथमकदाचित राख्न भुल्नु भयो भने सूर्य ग्रहण लागिसकेको बेला अशुद्ध हुने भएकोले प्रयोग गर्न हुंदैन। खोजी–खोजी कुश नै चाहिन्छ भन्ने छैन् । तुलसी पत्र राखे पनि हुन्छ ।

ग्रहणको वेलामा ईश्वर सम्झेर ध्यान गर्ने,जप गर्ने,भजन किर्तन गर्ने,गाईवस्तुलाई घाँस–पराल खुवाउने,पंछीलाई आहारा दिने, देउला जातिलार्इ लुगा दान गर्नाले कयौ गुणा पुण्य प्राप्त हुन्छ। सूर्यको स्तोत्र पाठ गर्ने, सूर्यको ध्यान गर्ने,आदित्य स्तोत्र पाठ गर्नाले कर्तालाइ लाभ नै लाभ प्राप्त हुन्छ। अन्तिममा मृत्युन्जयको पाठ गर्नाले ग्रहणको नकारात्मक प्रभाववाट वच्न सकिन्छ।

ग्रहण समाप्ति पछि अनिवार्य मुख कुल्ला गरि मुख धुनु पर्छ। यदि कसैलाइ सूर्य ग्रहण हेर्न उत्सुकता छ भने ख्याल गर्नु होला–नाङ्गो आँखाले नहेर्नु होला। हेरे आँखाको ज्योती हराउन गैइ दृष्टिविहिन हुन सक्छ। त्यसैले कालो चश्मा लगाएर वा शिशामा कालो राखी हेर्नु होला।

निम्न राशी भएकोले नहेर्दा नै वेश होला-
१.मिथुन राशी ःयो राशी हुनेले सुर्य ग्रहण नहेर्दा हुन्छ घात हुने परिणाम देखाउ छ।
२.कर्कट राशीःयो राशी हुने मानिसलाइ ग्रहण हेर्दा खर्च वढ्ने ।
३.तुला राशी ःयो राशी हुने मानिसलाइ मान–सम्मानमा आंच आउने ।
४.वृश्चिक राशी ः यो राशी हुने ब्यक्तिलाइ कष्ट हुने देखिन्छ ।
५.धनु राशी ः स्री पिडाको हुन्छ ।
६.कुम्भ राशी ः चिन्ता बढ्ने भएकोले नहेर्दा उतम ।
७.मीन राशी ः व्यथा वढ्ने भएकोले ग्रहण नहेर्दा हुन्छ ।

माथि उल्लेखित राशी भएकालाइ ग्रहण हुन्जेल असर त पर्छ नै । ग्रहण हेरियो भने वढी प्रभाव पर्छ। त्यसैले सावधानी हुनु होला । वाँकी राशीहरु मेष,सिंह ,कन्या र मकर राशिहरुलाइ फाइदा हुने देखिएको छ। यी राशीहरुलाई ग्रहण हेर्दा फलिफाप नै हुन्छ।
प्रकाशन मिति–२०७७ साल असार ५ गते शुक्रवार ।