काठमाडौं। कोरोना कहरको कारण नेपाल सरकारले विगत ६ महिनादेखि बन्द गरिएको आन्तरिक हवाई उडान तथा लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।

सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले भनेका छन्।

उनका अनुसार स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो।
प्रकाशन मिति–२०७७ साल भाद्र ३० गते मंगलवार ।